थापाथलीमा सडक भासियो

काठमाडौं,जेठ २० । काठमाडौंको थापाथलीदेखि बबरमहलतर्फ जाने बाटो बीचभागमा भासिएको छ ।
नर्भिक हस्पिटलदेखि करिब १०० मीटर अगाडि BLC नजिकैको चोकमा सडक भासिएको हो ।
आसपासको क्षेत्रमा भवन निर्माण भइरहेका बेला चोकको मध्यभागमा सडक भासिएको हो । यो सडक गत वर्षमात्रै काठमाडौं महानगरपालिकाले विस्तार गर्दै कालोपत्र गरेको थियो ।