डा.गोविन्दबहादुर थापाद्धारा लिखित ‘अर्थतन्त्रको आँखीझ्याल’को लोकापर्ण



काठमाडौं,जेठ २० । अर्थविद् स्वर्गिय डा. गोविन्द थापाले लेखेको ‘अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक बिमोचन गरिएको छ ।

डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौं एक बिशेष कार्यक्रम आयोजना गर्दै डा. थापाद्वारा लिखित पुस्तक विमोचन गरेको हो ।

. थापाले जिवत रहँदै बिभिन्न समयमा लेखेको लेख, रचनाहरु संग्रह गरेर प्रतिष्ठानले उनको पुस्तक तयार गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रतिष्ठानकी अध्यक्ष इन्दीरा थापाले संयुक्त रुपमा उनको पुस्तक बिमोजन गरेका हुन् । बिमोचन समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, पुर्व गर्भनर बिजयनाथ भट्टराई र पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको पनि उपस्थीति थिया ।

डा. थापाले एसियाली विकास बैंकको फिलीपिन्समा बैकल्पीक कार्यकारी निर्देशक, चार पटक अर्थ मन्त्रालयको आर्थिक संल्लाहकार, नेपाल बायु सेवा निगमको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका काम गरेका थिए । २००८ कात्तिक १६ गते जन्मीएका डा. थापाको २०७८ जेठ १८ गते निधन भएको थियो ।

उनको पुस्तकमा नेपाल बैदेशिक व्यापार व्यापार, रेमिट्यान्सको बजार, मुद्राबजार, मौतिक नीति, बजेट प्रणाली, लोकत्रान्त्रिक बजेट, गरिबी न्यूनीकरण, विश्व अर्थतन्त्रको प्रवृत्ति र नेपाली अर्थतन्त्रको सम्बन्ध, कृषि क्षेत्र, सविधानले परिकल्पना गरेको अर्थतन्त्र ढाँचा, पर्यटन नीति लगायतका बिषयमा केन्द्रीत भएर प्रकाशन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री पाण्डले मुुलुकको अर्थतन्त्र धेरै अफ्ठ्यारो परिस्तीथीमा गएको बताए । ‘अहिले सरकार र निजी क्षेत्रको ऋण बढ्दै गएको छ । बैंकको व्याजदर घट्ने सम्भवना पनि छैन । त्यसमाथि बैंकहरुको ऋण लगानी गर्ने क्षमता पनि छैन । आर्थिक संकट आउने हो कि भन्ने डर छ,’ उनले भने, ‘यो अवस्थालाई समाधान गर्न तर्फ हामी अघि बढ्नु पर्छ । परिस्थीति बदल्ने गरि हामी अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्