नुवोकाटे टाइगर बने हेभी वेट च्याम्पियन (भिडियो)



काठमाडौं,जेठ २० । चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि नुवाकोटे टाइगरले हात पारेका छन् ।

शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा टाइगर च्याम्पियन बनेका हुन् । टाइगरले मुख्य प्रतिस्पर्धी डेभिडलाई पराजित गरेका थिए । 

एक साताको अवधिमा टाइगरले हेभी वेट च्याम्पियन अन्तर्गत दोश्रो पटक उपाधि हात पारेका हुन् । टाइगरले आज मात्र १ लाख ५५ हजार नगद पुरस्कार हासिल गरेका छन् । टाइगरले जेठ १३ गते सुर्खेतमा भएको रेस्लिङमा समेत सो उपाधि जितेका थिए।

नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिता जोखिमपूर्ण मानिएको स्पर्धा हार्ड कोरमा साइनले चट्टानलाई हराउदै १ लाख २५ हजार नगद पुरस्कार जिते। टुप्पी ग्याङ र एक्स हिरो/सीजे वल्र्डबीचको ट्याग टिम म्याचमा एक्स हिरो/सीजे वल्र्डले बाजी मारे। एक्स हिरो/सीजे वल्र्डले १ लाख नगद पुरस्कार प्राप्त गरे।

लाइट वेट म्याचमा सुजल च्याम्पियन हुँदै ६५ हजार नगद पुरस्कार हात पारे। उनले कम्ब्याट कर्मालाई पाखा लगाए। महिलाको एक मात्र स्पर्धा लाइट वेट म्याचमा आकृतिले तनुलाई पछारिन। आकृतिले ८० हजार नगद पुरस्कार हात पारिरेकी छिन् ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्