सुन किन्ने सोचमा हुुनुहुन्छ ? यस्तो छ आजको मूल्य



काठमाडौं,जेठ २१ । निरन्तर बढेको सुनको मूल्य आइतबार घटेको छ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ ।

आइतबार (आज) प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ७५० रुपैयामा बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ‼ हजार ९५० सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेकोछ । आइतबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्