फेरि महँगियो सुन, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,जेठ २३ । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ बढेको हो ।

साताको तेस्रो कारोबारको दिन छापावला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन भने प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कायम भएको छ । सोमबार भने चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्