नेपाल मैदा उद्योग संघमा दुगड



काठमाडौं ,जेठ २४ । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चुनिएका छन् । संघको २३औं वार्षिक साधारणसभाले दुगडको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

आइतवार सम्पन्न साधारणसभा तथा अधिवेशनले कार्यसमिति निर्विरोध निर्वाचित गरेको बताइएको छ । संघको प्रथम उपाध्यक्ष दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा, सञ्जय अग्रवाल र धिरज गोल्छा तथा कोषाध्यक्षमा विनोदकुमार अग्रवाल चयन भएका छन् ।

साधारणसभाले मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकाले सरकारले मैदालाई कृषि उद्योगमा राखी सुविधा दिन पहल गर्ने निर्णय गरेको छ । नेपालमा गहुँको उत्पादन बढाउन नेपाल सरकार, किसान र व्यवसायी मिलेर दीर्घकालीन नीति तर्जुमा गर्ने लगायत निर्णय साधारणसभाले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्