‘पञ्चकन्या घुमाईदेउ कान्छू, तिमीसंगै रमाउन चाहान्छु’ गीत भोलि विमोचन हुने



नुवाकोट,जेठ २६ । पछिल्लो समय सामाजिक संजाल टिकटकमा भाइरल गीत ‘पञ्चकन्या घुमाईदेउ कान्छू, तिमीसंगै रमाउन चाहान्छु’ भोलि विमोचन हुने भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको पर्यटकीय क्षेत्र घ्याङस्वारा उद्यानको प्रवर्द्धनमा समेत सो गीतले टेवा मिल्ने अपेक्षा गाउँपालिकाले राखेको छ ।

गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर बनाइएको सो गीतमा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष बिमला केसीको समेत अभिनय देख्न सकिन्छ ।

मिलन फिल्मले छायांकन गरेको सर्वोत्कृष्ट लोकलयमा रहेको गीत गाउँपालिकाकै गायक अर्जुन भुसालले सिर्जना गरेका हुन् । लोकगीत क्षेत्रमा उदयमान गायक भुसालले आफ्नो जन्मभुमिप्रतिको श्रद्धाले गीत बनेको बताए । गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनको अवसरमा गीत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट विमोचनको मेसो मिलेको गायक भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्