ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा फरार चार जना पक्राउ



काठमाडौं,असार १३ । ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रही फरार रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ५ बस्ने ६९ वर्षीय मिन बहादुर गुरूङ, सोही महानगरपालिका ७ रातोपुल बस्ने ८० वर्षीय धर्म प्रसाद गौतम, सोही महानगरपालिका(४ धुम्बाराही बस्ने ६५ वर्षीय सुधिर शाह र चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने ६० वर्षीय गोपाल कार्की रहेका छन् ।

जग्गा प्राप्ती ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका(४ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी हिनामिना गरेको सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्