‘पशुपतिको ११ किलो सुन कहाँ गएछ थाहा पाउनुभयो ?’ : केपी ओली
काठमाडौं,असार १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको सुनको जलहरी प्रकरणमा आँफु संलग्न नभएको बताएका छन् । २० औं धान दिवसको अबसरमा आयोजित कार्यक्रममा सहभागी हुन आज चितवन पुग्नु भएका अध्यक्ष ओलीले आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको दावी गरे ।
अध्यक्ष ओलीले भने,‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको, अलिक दिन त्यसले पनि मार्केट पायो।’ अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भएको उनले बताए । अध्यक्ष ओलीले अगाडि भने, ‘अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि, यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको?’
पशुपतिनाथमा सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। छानबिनका क्रममा १० असारमा जलहरीको तौल र गुणस्तर मापन गरिएको थियो।

