यातायात व्यवसायी र मजदुर आन्दोलित
काठमाडौं,असार १४ । विभिन्न यातायात ब्यवसायी आवद्ध समिती राष्ट्रबादी केन्द्र नेपालले विभिन्न माग राख्दै गरेको आन्दोलनले आज काठमाडौको माछापोखरी क्षेत्र तनाव ग्रस्त बनेको छ ।
आन्दोलनका कारण बालाजु माछापोखरी सडक हुँदै आवत जावत गर्ने सवारी अवरुद्ध भएका थिए । यातायात ब्यवसायीले बैंक आतंक र ट्राफिक आतंक धेरै भएको भन्दै आफूहरुको जीवन यापनमा समस्या भएको बताएका छन् ।
आन्दोलन राजधानी मात्र केन्द्रीत नभई देशभर नै गर्ने तयारीमा रहेको राष्ट्रबादी केन्द्र नेपालले जनाएको छ ।

