नुवाकोटको तादीखोला तर्ने क्रममा एक जनाको मृत्यु
नुवाकोट,असार १६ । जिल्लाको तादीखोला तर्ने क्रममा एक जनाको ज्यान गएको छ ।
जिल्लास्थित बेलकोटगढी नगरपालिका १२ तादीखोला पुलमुनि खोलाको किनारमा एक स्थानीय मृत अवस्थामा फेला परेका हुन ।
लिखु गाउँपालिका ३ का ५५ वर्षीय रत्नबहादुर राई मृत फेला परेका हुन् । राई लिखु गाउँपालिका १ ढिकुरेबाट घर जाँदै गर्दा तादी खोला तर्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

