ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु



काठमाडौं,असार १६ । भक्तपुरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय रामकुमार सार्की रहेको प्रहरीले जनाएको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ९ पलासेमा ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा सार्कीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आफ्नै घरमा ग्यास चुहिएर भएको आगलागीमा परि घाइते भएका सार्कीको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्