काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा तारबार गर्ने, अवैध संरचना हटाउन निर्देशन



काठमाडौं,असार १७ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ ।

महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास जग्गामा वनेका अवैध संरचना हटाउन निर्देशन दिएको छ । ललिता निवास क्षेत्रमा पुगेको महानगर प्रहरीको टोलीले त्यहाँ जस्तापाता बेरेर टहरा बनाएर बसेकाहरुलाई तत्काल खाली गर्न निर्देशन दिएको छ ।

अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्