कोरोना अघिकै लयमा पर्यटन व्यवसाय, बाक्लिन थाल्यो नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या



काठमाडौं,असार १७ । नेपालमा पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको संख्या बढ्न थालेको हो । विदेशी पर्यटकको आगमान निकै उत्साहजनक देखिएको छ ।

नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्याङ्क अनुसार एक महिनामै अर्थात जुन महिनामा ७२ हजार २५० विदेशी पर्यटक नेपाल घुम्न आएका हुन् । बोर्डकाअनुसार हवाई मार्गबाट सो संख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । सिमा क्षेत्रबाट पर्यटकको तथ्यांक भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरु सिमा क्षेत्र अर्थात् सडक (सवारी साधान) मार्फत पनि आउने गर्छन् ।

सन् २०२३ को ६ महिनाको अवधिमा साढे ४ लाख बढी पर्यटक नेपाल घुम्न आएका छन् । बोर्डको तथ्याङ्क अनुसार ६ महिनामा ४ लाख ७६ हजार ४८१ जना पर्यटक नेपाल भित्र्एिका हुन् । यो तथ्याङ्क अनुसार औसतमा प्रतिमहिना ७९ हजार ४१३ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार सन् २०२३ को जुन महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छ । भारतबाट सो महिनामा ३८ हजार ८४५ जना नेपाल घुम्न आएका हुन् । भारतपछि सबैभन्दा धेरै अमेरिकी पर्यटक आएको तथ्याङ्कमा उल्लेख छ । सो महिनामा अमेरिकाबाट ८ हजार ४७० जना पर्यटक नेपाल आएको छन् ।

यस्तै, तेस्रो स्थानमा रहेको चीनबाट भने ४ हजार ३४३ जना, बंगलादेशबाट २ हजार ४०२ जना, बेलायतबाट १ हजार ९९२ जना, अष्ट्रेलियाबाट १ हजार ६३९ जना र मलेसियाबाट १ हजार ७९ जना पर्यटक नेपाल आएका छन् ।

त्यसैगरि जुनमा साउथ कोरियाबाट ८८८ जना, जापानबाटट ७६४, र भुटानबाट ७०२ जना पर्यटक नेपाल घुम्न आएका छन् । मासिक आगमन तथ्याङ्क अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या निकै नै बाक्लिन थालेको पुष्टि हुन्छ । कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय पछिल्लो समय गति लिन थालेको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन निकै प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

२०१९ को अन्त्यबाट विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो । कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय पछिल्लो समय गति लिन थालेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन निकै प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

मार्चमा सबैभन्दा धेरै पर्यटक, अन्य कुन महिनामा कति आए ?

सन् २०२३ को ६ महिनामा साढे ४ लाख बढी विदेशी पर्यटक नेपाल आएका छन् । मासिक तथ्याङ्क अनुसार सबैभन्दा पर्यटक मार्च महिनामा आएका छन् । सो महिनामा विभिन्न देशबाट ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएको थिए ।

यस्तै, गत अप्रिलमा पनि ९८ हजार ७७३ जना पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्याङ्क अनुसार जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५५ जना विदेशीय पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्