निर्वाचन आयोगले पहिलो पटक नो भोटको व्यवस्था गर्ने

काठमाडौं,असार १८ । निर्वाचन आयोगले पहिलो पटक नो भोटको व्यवस्था गर्ने भएको छ।
आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई पारित गर्दै सरकारलाई पठाउने निर्णय गरेको छ।आयोगले तयार गरेको विधेयकको मस्यौदामा नो भोटको व्यवस्था गरिएको छ।
यो व्यवस्था अनुसार अब कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्ता उम्मेदवारलाई समर्थन नरहने गरी नो भोटको व्यवस्था गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।