चिटिक्क सजियो फूलका गमलाले बागबजार र आर्क ब्रिज



काठमाडौं,असार १९ । तपाईं दुई दिनयता काठमाडौंको बिजुलीबजारको आर्क ब्रिज र बागबजार क्षेत्रमा हिँड्नुभएको छ ? हिँड्नुभएको छ भने त्यहाँ गमला देख्नुभएको नै होला । 

काठमाडौं महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गमला राखेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शनिवारबाट महानगरका विभिन्न स्थानमा फूलका गमलाहरू राखेको जानकारी दिए ।  

महानगरपालिकाका अनुसार बागबजार क्षेत्रमा १ सय ५५ ओटा गमला राखिएको छ । यो ठाउँमा धुपी, समी, कपुर र फूलहरूका बिरुवा पनि रोपिएको महानगरले जनाएको छ । यस्तै, बिजुलीबजारको आर्क ब्रिज छेउमा बगनबेलीलगायत फूलका करीब ८० गमला राखिएका छन् । 

फूलका गमला राखिएपछि ती क्षेत्र चिटिक्क देखिएका छन् । त्यस क्षेत्रमा आवतजावत गर्नेहरू टक्क अडिएर फोटो खिच्ने तथा टिकटक बनाउने गरेको देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्