‘सरकारले काम गर्न सकेन,सत्ता जोगाउने खेलमा सीमित रह्यो’:रवि लामिछाने

काठमाडौं,असार १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चलेपनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सत्ता परिवर्तनको चर्चा रहेपनि रास्वपा त्यसको पक्षमा नरहेको बताए । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा वडा स्तरसम्म संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरे ।
सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको लामिछानेले आरोप लगाए ।अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उनको टिप्पणी छ।
सरकराले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई सत्ता र प्रतिपक्ष दुवैले विरोध गरेको बताउँदै उनले सरकारले ल्याएको बजेट साना व्यवसायी,लघुुवित्त पीडित, दैनिक जिविका चलाउने नागरीक कसैको पक्षमा नरहेको बताए । उनले सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर बजेट सच्याउनुपर्ने बताए ।