हवाई भाडा घट्यो, कुन रूटमा कति ? [सूचीसहित]



काठमाडौं,असार १९ । नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा पनि घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म भाडा घटेको छ ।

प्राधिकरणका अनुसार विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ । यस्तै काठमाडौं-धनगढी रुटमा ६१५ रुपैयाँ भाडा कम भएको छ । यसैगरी काठमाडौं-भद्रपुर ४२०, काठमाडौं-विराटनगर ३३५, काठमाडौं-जनकपुर १८०, काठमाडौं-भरतपुर १५०, काठमाडौं-पोखरा २२५, काठमाडौं-भैरहवा २८५, काठमाडौं-नेपालगञ्ज ४५५ र काठमाडौं-सिमराका लागि १२५ रुपैयाँ भाडा घटेको प्राधिकरणले जानकारी दिएको छ ।

कुन रुटमा कति?

प्रतिक्रिया दिनुहोस्