प्रधानमन्त्रीको बचाउमा सत्ता गठबन्धन, राजीनामा दिनु नपर्ने निष्कर्ष

काठमाडौं,साउन २१ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई बचाउमा सत्तारुढ सात दल लागि परेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका हुन् ।
असार १८ गते सरदार प्रितम सिंहको जीवनी विमोचन कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएर छलफल गरेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। सो पश्चात प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।
प्रधानमन्त्रीले जवाफ दिनु पर्न तर राजीनामा नदिने निर्णय गरेको हो ।