विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिने



काठमाडौं,असार २१। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएका छन् ।

सरकारमा सहभागी राजनीतिक दलहरूको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्