ठूला दलहरु सत्ता जोगाउन केन्द्रीत छन् : रवि लामिछाने



काठमाडौं,असार २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरु सत्ता जोगाउनमा केन्द्रित भएको टिप्पणी गरेका छन् ।

डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ राजनीतिक दल आएपछि पूरा राजनीतिक दल सुध्रिएलान् भन्ने अपेक्षा गरेपनि नभएको बताए ।

‘सत्ता जोगाउने खेलमा ठुला राजनीतिक दलहरु लागेका छन् । उनीहरुलाई खतराको घण्टी लागेको छैन। यो तोड्नपाए हुन्थ्यो भन्ने लागेको छ । काण्डहरुको भर्खरै खुलासा हुँदैछ’, उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो एजेण्डा नै भ्रष्टाचारको जरो उखेल्ने हो । सरकारले अहिले भ्रष्टाचारका फाइलहरू खोल्ने काम सुरु गरेको छ । तर म यहीँबाट सरकारलाई भन्छु फाइल खोलेजस्तो गरेर बन्द गर्ने कुनै षडयन्त्र नगर्नुहोला यदि गरे पनि ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्