घोराही सिमेन्टको आइपीओ पुनः बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं,असार २२ । घोराही सिमेन्टले आइपीओ पुनः बिक्रीमा ल्याएको छ । कम्पनीले आज अर्थात असार २२ गतेदेखि आइपीओ पुनः बिक्री खुला गरेको हो ।
अब उक्त आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ साथै सो अवधिमा माग बमोजिकको आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले यसअघि आइपीओमा आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने गरि आइपीओ बिक्री खुला गरेको जनाएको छ ।
यस कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेकोमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको थियो ।
कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आइपीओ जारी गरेको हो । जसअनुसार यस आइपीओमा करिब १० अर्ब (९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ) बराबरको आवेदन परेको छ । जसमध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ता अर्थात् ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको सीडीएसको जनाएको थियो ।