पहिरोले  मुग्लिन–नारायणगढ सडक अवरुद्ध



काठमाडौं,असार २३ । मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलानजिक शनिबार सुक्खा पहिरो खसेको छ ।

पहिरोका कारण बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार शनिबार अपराह्न करिब ४ बजेतिर पहिरो खसेको हो । पहिरो पन्छाउन केही समय लाग्ने सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्