छहरे-टोखाको कालोपत्रे उप्किन थालेपछि स्थानीय र माओवादी नेताकार्यकर्ताले गरे खबरदारी



नुवाकोट,असार २३ । कालोपत्रे सडक उप्किन थालेपछि स्थानीय र माओवादी नेताकार्यकर्ताले खबरदारी गरेका छन् ।

शनिबार कार्यक्रम विशेष नुवाकोट पुगेका माओवादी केन्द्र नुवाकोटका नेता हितबहादुर तामाङ, वाग्मती प्रदेशकी नेतृ राधिका तामाङ लगायतले सडक कालोपत्रेको क्रममा चरम लापरबाही भएको भन्दै स्थानीयको उपस्थितिमा खबरदारी गरेका हुन् ।

जिल्लाको शिवपुरी गाउँपालिका अन्तर्गत छहरे-टोखा सडकखण्डको जनज्ञान निकेतन खोल्सा नजीक कालोपत्र गरिसक्दा नसक्दै कालोपत्र उप्किएको माओवादी केन्द्र लिखुका युवा नेता प्रकाश डङोलले बताए । केहि तस्बिर तथा भिडियोमा कालोपत्र हातैले उप्काउदै गरेको दृश्य देखिन्छ ।

उता सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर सुमन बस्नेतले सडक कालोपत्रको चरणमा रहेको बताए । निर्माणको ठेक्का पाएको शिव शंकर कन्स्ट्रक्सनलाई त्यस क्षेत्रमा केहि ओसिलो रहेकाले कालोपत्रे नगर्न आफुले सुझाएको इन्जिनियर बस्नेत बताउँछन् ।

‘अन्यत्र दुई सेन्टी मिटर फिलिङ छ त्यहाँ डेढ सेन्टी समेत फिलिङ नभएकाले टिक्दैन अहिलेलाई कालोपत्र नगर्दा हुन्छ भनेको थिए । कन्स्ट्रक्सनका राजु खड्काजी लगायतले हतार गरे’ इन्जिनियर बस्नेतले भने । म्याद थप अनुसार भुक्तान समेत नभएकाले काम तत्काल पुर्णता दिन सकिने इन्जिनियर बस्नेतले बताए ।

सडक बोर्डको ५० लाखको काम हाल त्यस क्षेत्रमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्