प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने, एमालेले सदन अवरोध खोल्ने



काठमाडौं,असार २४। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने भएका छन् ।

गत असार १८ गते काठमाडौंमा सरदार प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिका कारण सदन अवरोध भएको छ ।

एमालेलगायतले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपाल र नेपालीको भावनामाथि चोट पुगेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने कुरा भएको र सदनमा चित्तबुझ्दो प्रष्टिकरण नदिए एमालेले पुनः सदन अवरोध गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्