बैतडीमा ३९ जना बोकेको बस दुर्घटना: एक जनाको मृत्यु, १६ जनाको अवस्था गम्भीर



काठमाडौं,असार २५ । बैतडीमा ३९ जना बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको र ३८ जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको हो।

पञ्चेश्वर, कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको थियो ।

३८ जना घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्