प्रधानमन्त्रीले आत्मालोचना गरेपछि राजीनामा माग फिर्ता लियौँः युवराज ज्ञवाली

काठमाडौं,असार २६ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेका कारण राजीनामा माग फिर्ता लिएको बताएका छन् ।
नेता ज्ञवालीले प्रधानमन्त्रीले आफूले गल्ती गरेको स्विकार गर्दै भावनामा आएर गरेको कमजोरीलाई आगामी दिनमा नदोहोर्याउने प्रतिवद्धतासहित आत्मसमिक्षा गरेपछि राजीनामा मागबाट फिर्ता भएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोलेको अभिव्यक्ति विवादास्पद बनेपछि एमालेले राजीनामाको माग गर्दै संसद अवरुद्ध गरिरहेको थियो ।