सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन



काठमाडौं,असार २६ । सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

लुक्लानजिकै सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

सो हेलिकप्टर बिहान १० बजेर ५ मिनेटमा उडेको थियो । तर, उडेको करिव ५ मिनेटपछि सम्पर्कविहीन रहेको उनको भनाइ छ । उक्त हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बताइएको छ ।

हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा दुर्घटना भएको प्रारम्भिक सूचना आएको छ यद्यपि पुष्टि भने भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्