हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो, पोष्टमार्टम गरिदैँ



काठमाडौं,असार २६। मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।

अल्टिच्युट एयरको हेलिकोप्टमार्फत काठमाडौं ल्याइएको शवहरूको अहिले त्रिवि शिक्षण अस्पताल ‘टिचिङ’मा पोस्टमार्टम भइरहेको छ ।

दुर्घटनामा पाइलट चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।

यसैबीच सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। 

बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन । 

प्रतिक्रिया दिनुहोस्