सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं,साउन २७ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ । पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

सीता दाहालको बिहान ८ बजेर ३३ मिनेटमा ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्