नुवाकोटको त्रिशूलीमा बगेर एक बालक बेपत्ता

नुवाकोट,असार २७। नुवाकोटको त्रिशूलीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बगाएर एक दस वर्षीय बालक बेपत्ता भएका हुन्।
बालक स्थानीय महादेव मावि कक्षा ५ मा अध्ययरत रामचन्द्र बिक रहेका छन् । विद्यालयबाट छुटेर त्रिशूलीमा नुहाउने क्रममा बगाएर उनलाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी रमेश पण्डितले बताए ।
बेपत्ता बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।