प्रधानमन्त्रीका सबै औपचारिक कार्यक्रम स्थगित

काठमाडौं,असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिनका लागी स्थगित गरिएको छ। बुधबार पत्नी सीताको निधन भएपछि शोकमा शोकमा रहेका प्रधानमन्त्री प्रचण्ड ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागीता नजनाउने सचिवालयले जनाएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने‘तीन दिनलाई प्रधानमन्त्रीका सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’। उनका अनुसार समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ ।
बिहीबार पनि समवेदना साट्न आउनेहरुलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिएको र फेरी साँझ पनि सोही क्रमअनुसार गरिने आचार्यले बताए ।