नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ



काठमाडौं,असार २९ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौंका असनका केशव तुलाधर रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरू ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । 

तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्