पर्यटक बढ्ने आशमा थपिंदै ठुला होटल



काठमाडौं, असार २९ । कोभिड महामारी मत्थर भएसँगै मुलुकका तारे होटलहरू बिस्तारै खुल्न थालेका छन्।

पछिल्लो दुई वर्षमा तीन वटा पाँच तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन र गतिविधि बढेसँगै दुई वर्षमा तीन वटा पाँच तारे होटल निमार्ण भएका हुन्।

पर्यटन विभागको तथ्याङ्क अनुसार हालसम्म १ सय ४८ वटा होटल सञ्चालनमा रहेका छन्। कुल १ सय ४८ वटा होटलमध्ये १८ वटा होटल पाँच तारे रहेका छन्। गत चैत महिनामा इच्छा होटलले पाँच तारे होटलको अनुमति पाएसँगै मुलुकमा पाँच तारे होटलको संख्या १८ पुगेको हो।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्