अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा



काठमाडौं,असार २९ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् ।

उनले आजै ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम  छ ।

प्रतिक्रिया दिनुहोस्