नुवाकोट र रसुवामा मनाइयो भानु जन्मजयन्ती

रसुवा,असार २९ । आदीकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती रसुवा र नुवाकोटमा पनि मनाइएको छ । शुक्रबार रसुवा र नुवाकोटसहित देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको हो । भानु जयन्तीका अवसरमा रसुवा को स्याउवारीमा पनि विभिन्न श्रष्टाहरुले जमघट गरी आ–आफ्ना रचना वाचन गरेर भानु जयन्ती मनाएका हुन ।
कालिका गाउँपालिका वडा नम्वर २ स्थित रेडियो लाङटाङको प्राङ्गणमा मनाईएको भानु जयन्तीको प्रमुख अथितिमा कालिका गाउ पालिकाका निवर्तमान अध्यक्ष सिता पौडेल अधिकारी रहेकी थिइन । रेडियो लाङटाङको आयोजनामा स्रजक प्रेमप्रसाद पौडेलको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न श्रष्ठाहरुले भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्नुका सार्थ कविता, गीत र गजल समेत बाचन गरेका थिए । भनुभक्त आचार्य जस्ता देशका अन्य विभुतिहरुले औँल्याएको पथमा सबैले हिड्नुपर्ने कार्यक्रममा उपस्थित वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला समुन्वय समितिका रसुवाका पुर्व सदस्य चित्रकुमारी न्योपाने साहित्यकारहरु झंकनाथ न्यौपाने , हेमनाथ खतिवडा , शिशिरकुमार न्यौपाने , निमा रेन्जन तामाङ ,दुर्गा देवकोटा ,कुमार देवकोटा मोधनाथ धिताल , तारा कार्की, दर्गा देबि न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
यस्तै नुवाकोट बिदुर नगर पालिका वडा नम्वर २ मा नुवाकोट एफएम पनि २१० औं भानु जयन्ती मनाईएको छ । सस्कृत भाषामा लेखिएको रामयणलाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, धर्म, साहित्य र राष्ट्रियतामा योगदान पुर्याएको भन्दै उहांको २१० औं जन्म जयन्ती आज मनाइएको हो । कार्यक्रममा बिदुर नगर पालिका वडा नम्वर २ को शिवालय टोलमा रेडियोको स्टुडियोमा भएको कार्यक्रममा कार्यक्रममा सहभागि सर्जक बिदुर नगर पालिका वडा नम्वर ४ का वडा सदस्य छविलाल ओझा , शिक्षिका जानुका दाहाल , प्रमिला परि , रामचन्द्र तिमिल्सना लगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।