रकम भुक्तानी र वास्तविक म्याद थप माग्दै निर्माण व्यवसायी आन्दोलनमा



काठमाडौं,असार ३० । रकम भुक्तानी र वास्तविक म्याद थपको माग गर्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ, काठमाडौं उपत्यका निर्माण व्यवसायी स‌ंघको नेतृत्वमा निर्माण व्यवसायीहरूले शुक्रवार राजधानीको माइतीघर मण्डलामा शुक्रवार बिहान ९ बजेदेखि एक घण्टा धर्ना दिएका छन् ।  

असार मसान्त भइसक्दा पनि भुक्तानी रोकिएको र सरकारले म्याद थपबारे गरेको निर्णय त्रुटिपूर्ण भएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले हालै समस्याग्रस्त परियोजनाको म्याद थपको अधिकार कार्यालय प्रमुखलाई दिने निर्णय गरेको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४ ‘ख’ बमोजिम बाधा अड्काउन फुकाउका लागि आदेश जारी गरेको थियो । उक्न आदेशबाट समस्याग्रस्त परियोजनाको म्याद थपको अधिकार कार्यालय प्रमुखले निर्माण व्यवसायीले यसको विरोध गर्दै आएका थिए । 

म्याद थप, रकम भुक्तानीका बारेमा सरकारका सम्बन्धित निकायको पटकपटक ध्यानकर्षण गराउँदा समेतसुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको व्यवसायीको भनाइ छ । 

धर्नामा सहभागीहरूले ‘निर्माण कार्यको बाँकी रकमको भुक्तानी तुरुन्त गर’, ‘वास्तविक म्याद थप गर’, ‘अव्यावहारिक माइलस्टोन खारेज गर’, ‘मूल्य समायोजन कायम गर’ लगायताका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्