नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित
काठमाडौं,साउन २ । नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन्।
कम्पनीको असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो ।
नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट तीन वर्षको लागि सञ्चालकमा निर्वाचित भएका छन् ।

