कानुन उल्लंघन गर्नेलाई सरकारले छुट दिँदैनः गृहमन्त्री श्रेष्ठ



काठमाडौं,साउन ४ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने बताएका छन् । बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता,भन्सार छली,चोरी निकासी पैठारीलगायतका विषयमा छलफल कार्यक्रम सम्बोधन गदैं उनले उपभोक्ता अधिकार स्थापीत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारे ।

उनले गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार भएकाले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए ।

गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे । उनले सरकार सुशासनलाई पूर्वसर्त बनाएर अगाडि बढिरहेकाले सुशासनबाट नै समृद्धिको लक्ष्य पुरा गर्न सकिने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्