प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध परेको साइबर क्राइमको उजुरीप्रति पत्रकार महासंघको आपत्ति



काठमाडौं,साउन ५ । प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनता टाइम्सका प्रधान सम्पादक गणेश बस्नेतविरुद्ध प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट उजुरी गरिएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बस्नेतले समाचार स्रोतले गरेको दाबीको सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको जनाएका छन् ।

महासंघ अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन नेपाल सरकारको गृह प्रशासन समक्षा माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्