भीरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु



हुम्ला,साउन ७ । सिमकोट गाउँपालिका-७ को चौगानफयाबाट च्याछरा पुग्ने सडककाे माथिबाट खसेकाे ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौगानफया गाउँका करिब ३६ वर्षीय बाग्मल शाही रहेकाे प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिए । मृतक शाही आफ्नै दाइ राजेन्द्र शाहीसँग चीनको ताक्लाकोटतर्फ जाने क्रममा ढुङ्गा लागेकाे उनले बताए । 

यस्तै, जिल्लाबाट घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा एक प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासी कामको लागि दैनिक चीनको ताक्लाकोट जाने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्