कालीगण्डकी करिडोरको पूर्वी नवलपरासी खण्ड बन्द



गैंडाकोट,साउन ९ । एक हप्तादेखि सञ्चालनमा आएको कालीगण्डकी करिडोरको पूर्वी नवलपरासी खण्ड सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण  अवरुद्ध भएको छ ।

जिल्लाको गैंडाकोटबाट पहाडी बुलिगंटार र बौदकिाली गाउँपालिका हुुँदै पाल्पा रामपुुर राम्दी, स्यााँगजा चल्ने कालीगण्डकी करिडोर र दलदले द्यौबादी सडक मङ्गलबार बिहानदेखि अबरुद्ध भएको गैडाकोटका जनक श्रेष्ठले बताए ।

आज बिहानदेखि पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुुन पुुगेपछि यात्रुुहरुलाई सास्ती हुुनुुको साथै त्यस क्षेत्रमा खाद्यान्न, औषधिलगायतका अत्यावश्क सामग्रीको ढुुवानी समेत बन्द भएको बुुलिगंटारका–१ का गोपाल दर्लामी मगरले बताए ।

गैडाकोट हुुँदै बुुलिगंटारको कोटथर, डाडाँझेरी, बुलिगंटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचागं, नरम, जौबारी, धौबादी  हुुँदै पाल्पा, राम्दीसम्म चल्ने दुई वटा सडक पहिरोले अवरुद्ध बनेपछि बाटो सूचारु हुुन समय लाग्ने बुलिगटार गाउँपालिकाका राम्जी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्