भोलिदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने
काठमाडौं,साउन १० । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने भएको छ ।
नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।
बागमती प्रदेशले भोलि अर्थात साउन ११ गतेदेखि भाडा घटाउने भएको हो । अब लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधनमा ३.१ प्रतिशत र सिटी बसमा ३.२६ प्रतिशतले भाडा घट्ने छ ।