धनगढीमा गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई सञ्चालक पक्राउ



काठमाडौं,साउन १० । गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका ३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही ठाउँका ७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक २१ वर्षीया कमला बोहरालाई प्रहरीले प्रक्राउ गरेको हो ।

उनीहरुले ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु संचालन गरेका थिए । गैह्र कानूनी रूपमा क्लिनिक संचालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि प्रक्राउ गरेका हुन् ।

मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्