सिटिजन लाइफको नुवाकोट शाखाले दियो मृत्यु दावी भुक्तानी बापत तामाङलाई साढे दुई लाख

काठमाडौं,साउन ११ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नुवाकोट शाखाले साढे दुई लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।नुवाकोट किस्पाङ गाउँपालिका– १ का छिरिङ्ग तामाङको काम गर्ने शिलशिलामा करेन्ट लागेको मृत्यु भएको थियो ।
केही समय अघि मृत्यु भएका तामाङको श्रमती निर माया तामाङलाई २ लाख ५० हजार रुपैयाँ मृत्यु दावी भुक्तानी दिएको हो ।मृतक तामाङले दुई वर्ष अघि आफ्नो बच्चा शिलास तामाङको नाममा २ लाख रुपैयाँको बीमा गरेको थिए ।
सिटिजन लाइफको नुवाकोट शाखाले २ लाख रुपैयाँ दुर्घटना मृत्यु लाभ र ५० हजार रुपैयाँ काजक्रिया खर्च गरि २ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी दिएको हो । सिटिजन लाइफ नुवाकोट शाखाका म्यानेजर, किस्पाङ गाउँपालिका–१ का वडा अध्यक्ष, प्रहरी लगायतको उपस्थितिमा सो बराबरको भुक्तानी दिइएको थियो ।
कम्पनीका अनुसार बीमित शिलास तामाङको मासिक आम्दानी नाफा अन्तर्गत ४ हजार रुपैयाँ दरले प्रत्येक महिना बीमा अवधिमा भार भुक्तानी गरिने छ । यस्तै तिर्नुपर्ने प्रिमियम पनि छुट गरिने कम्पनीले जनाएको छ ।