राष्ट्रिय सभाबाट मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी विधेयक पुनः पारित



काठमाडौं,साउन ११ । आज अर्थात साउन ११ गते बसेको राष्ट्रिय सभा बैठकबाट मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी विधेयक पुनः पारित भएको छ ।

अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिन्छ र कार्यान्वयनमा आउनेछ ।

विधेयक पारित भएसँगै अब मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्