एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला



धनुषा,साउन १२ । धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले प्रदेश–२–०२–००३ प ४०२३ नम्बरका दुई मोटरसाइकल फेला परेको बताए । मोटरसाइकलको कलर र कम्पनी समेत एकै रहेको उनले जानकारी दिए । 

उनले १६० सीसीको अपाचे मोटरसाइकल प्रयोग गर्ने दुई जनासहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्