हवाई सुरक्षा अभिवृद्धिको लागि चार सदस्यीय ‘ट्रान्सफोर्स’ समिति गठन

काठमाडौं,साउन १२। वायुसेवा संंचालक संघले ‘ट्रान्सफोर्स’ समिति गठन गरेको छ । संघले आज एक पत्रकार सम्मेलन गर्दै हवाई सुरक्षा अभिवृद्धिको लागि उक्त समिति गठन गरेको बताएको हो ।
पछिल्लो समयमा नेपालीमा हवाई दुर्घटना बढी रहेको अवस्थामा उक्त दुर्घटना न्यूनीकरणका उपायसँगै हवाइ सुरक्षा अभिवृद्धिका लागि समिति गठन गरीएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए ।
पूर्व पर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ । समितिमा क्याप्टेन हिराबाबु दाहाल, रवि कंसाकार र नारायण बहादुर सिंह डंगोल रहेका थापाले बताए ।
देशभर संचालनमा रहेका एयरक्राफ्ट संचालन विधि र प्रक्रियाहरूबारे बुझि समितिले एक भित्र प्रतिवेदन तयार गर्ने छ ।