भ्रष्टाचार लुकाउने प्रयास गरिएको छ : अध्यक्ष ओली

काठमाडौं,साउन १३ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
उनले भने, ‘सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै सक्दैन, केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेकोछ ।’
पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु भएको लुम्बिनी प्रदेशका सबै तहका एमालेबाट विजयी जनप्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सो कुरा बताए ।
उनले सरकारले आफुलाई भ्रष्टाचार विरोधी भनेर जति हल्ला मच्चाइए पनि देशमा भ्रष्टाचार झनै मौलाएको हुनाले एमालेले गम्भीर भएर समीक्षा गरिरहेको बताए ।