प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष शर्माबीच अर्थपूर्ण भेटवार्ता

काठमाडौं,साउन १४ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।
कोशी प्रदेशमा नयाँ सरकार गठनको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।